default_image

3 years ago

February 15, 2023

बायर्नसँग पिएसजीको हार

232 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ ।

पिएसजी घरेलु मैदानमा बायर्नसाग १–० ले पराजित भएको हो । बायर्नको जितमा पिएसजीकै पुर्व लाडी किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो ।

पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा कोमानले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि खेलको पहिलो मिनेटमा नै एरिक मेक्सिम चुपो मोटिङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बायर्न अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा जमल मुसिएलाको प्रहारलाई पिएसजीका डिफेन्डर सर्जियो रामोसले क्लियर गरिदिए ।

२९औं मिनेटमा योसुवा किम्मिखको फ्रिकिक प्रहार वालमा बसेको खेलाडीलाई लाग्दै बाहिरियो । ४३औं मिनेटमा किम्मिखको हेडर प्रयासलाई पिएसजीका गोलरक्षक जियानलुइजी डोन्नररुम्माले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नेयमारको प्रयासलाई डिफेन्डरले ब्लक गरिदिए ।

५०औं मिनेटमा वारेन जाइरी इम्रीले अलफन्सो डाभिसलाई बिट गर्दै दिएको पासमा नेयमारले गरेको प्रहारलाई डेअट उपमेकानाले बचाएपछि पिएसजी अग्रता लिनबाट चुक्यो । त्यसको तीन मिनेटपछि कोमानले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । ६२औं मिनेटमा चुपो मोटिङको ओभरहेड किकलाई डोन्नररुम्माले सहजै नियन्त्रणमा लिए ।

७३औं मिनेटमा नेयमारको प्रहारलाई गोलरक्षक यान सोमेरले बचाउँदा रिवाउन्डमा एमबाप्पेले गोल गरेपनि उनी अफसाइडमा रहँदा गोलले मान्यता पाएन । ८२औं मिनेटमा एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । नेयमारबाट मेन्डेस हुँद आएको पासलाई एमबाप्पेले जाली चुमाएपनि भिएआरमा एमबाप्पे अफसाइड देखिएको थियो । त्यसपछि पनि पिएसजीले प्रयास गरेपनि गोल भने गर्न सकेन ।

अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । बेन्जामिन पाभार्ड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रातो कार्ड पाउने बेलमा पाभार्डले मेस्सीमाथि फउल गरेका थिए ।

पिएसजीले चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेका लियोनेल मेस्सी र केलियन एमबाप्पेलाई खेलाएपनि सफलता हात पार्न सकेन ।

अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ । पिएसजीलाई जितको आवश्यक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.