3 years ago
February 15, 2023
एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।

घरेलु मैदानमा मिलानले टोटेनहमलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो ।
मिलानोमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो ।
मिलानले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल हुँदा टोटेनहमले खेलमा फर्कने प्रयास गरेपनि मिलानको रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।
अब दोस्रो लेग टोटेनहमको मैदानमा ८ मार्चमा हुनेछ । मिलानलाई यही नजिता नै क्वाटरफाइनलमा पुग्न पर्याप्त रहँदा टोटेनहमलाई क्वाटरफाइनल पुग्न जितको खाँचो छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]