default_image

3 years ago

February 15, 2023

नेपाल र भारत भिड्दै

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्धको दुई मध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बुधबार) घरेलु टोली भारतसँग खेल्दैछ ।

यो खेल भारतको चेन्नईस्थित जवहर नेहरू स्टेडियममा नेपाली समयअनुसार राति ७ः४५ बजेपछि हुनेछ । भदौंमा नेपालमा भएको साफ च्याम्पियनसिपपछि नेपालले भारतसँग पहिलोपटक खेल्न लागेको हो ।

त्यसबेला घरेलु भुमिमा नेपालले भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । साफको इतिहासमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो । फाइनलमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

यस्तै गत साता बंगलादेशको ढाकामा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा पनि नेपालले भारतमाथि ३–१ को पुनरागमन जित निकालेका थियो । नेपाल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा भारत उक्त हारको बदला लिने योजनामा हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले भारतसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

‘यो दुई मैत्रीपूर्ण खेल हाम्रो लागि यो धेरै उपयोगी छ । हामी आयोजक भारतलाई धन्यवाद दिन चाहन्छौं ।’ प्रशिक्षक थापाले भने, ‘हामीले भारतसँग केही पटक खेलेका छौं । भारत धेरै राम्रो टोली हो । हामी उनीहरूलाई चुनौती दिन राम्रो तयारी गरिरहेका छौं । खेलको लागि सबैलाई शुभकामना ।’

नेपाल महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्डमा समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।

भारतका मुख्य प्रशिक्षक थोमस डेनरबीले यो मैत्रीपूर्ण खेल टोली निर्माणको लागि सहयोग पुग्ने बताए । ‘हामी अहिले नतिजा खोजिरहेका छैनौं । हाम्रो मुख्य उद्देश्य ओलम्पिक क्वालिफायरका लागि टोली निर्माण गर्नु हो र यी खेलहरू त्यस प्रक्रियाको हिस्सा हुनेछ ।’ डेनरबीले भने ।

भारत एएफसी महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्डमा तुर्केेमिनिस्तान र किर्गिस्तान रहेको समूह ‘जी’ मा रहेको छ । ओलम्पिक क्वालिफायर अप्रिलमा हुँदैछ ।

‘नेपाल अवश्य पनि राम्रो टोली हो । नेपालसँगको खेल हाम्रो टोलीका लागि अन्तर्राष्ट्रिय फुटबलको गतिमा फर्किने राम्रो अवसर हुनेछ ।’ डेनरबीले भने, ‘हामीले चेन्नईमा प्रशिक्षण गरिरहेका छौं, तर अब अन्तर्राष्ट्रिय खेल खेल्दैछौं । गति फरक छ, र यो क्वालिफायरको लागि तयारी गर्ने समय हो ।

भारतको मिडफिल्डर इन्दुमाथी कथिरेसनले आफ्नै राज्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको बताइन् । ‘तमिलनाडुमा महिला फुटबल वर्षौंदेखि बढ्दै गइरहेको छ, सिनियर र जुनियर टोलीमा तमिलनाडुका धेरै खेलाडी देखिएका छन् ।’ इन्दुमाथीले भनिन्, मलाई आशा छ कि हामीले धेरै युवाहरूलाई खेल्न मात्र नभई भविष्यमा पनि यसलाई खेल्नको लागि प्रेरित गर्न सक्छौं ।’ दोस्रो मैत्रीपूर्ण खेल शनिबार सोही मैदानमा हुनेछ ।

महिला राष्ट्रिय फुटबल टोली

गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ

डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे

मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी

फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.