3 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध रोमान्चक बराबरी खेलेको छ । चेन्नईमा भएको खेलमा नेपाल २-० ले पछि परेको अवस्थाबाट सावित्राको गोलमा घरेलु टोलीलाई २-२ को बराबरी निकाल्न सफल रहयो ।

पहिलो हाफमा नेपालले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भारतले तीन खेलाडी परिवर्तन गर्दै नेपाललाई दबाबमा राख्यो । त्यसपछि १२ मिनेटको अन्तरमा दुई गोल गरेको भारत सहज जिततर्फ उन्मुख थियो । तर सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गर्दै नेपाललाई बराबरीसम ल्याएकी थिइन् ।
खेलको चौथो मिनेटमै भारतकी सन्ध्या रंगनाथनको प्रहारमा गोलरक्षक बिट भएपनि उक्त प्रहारले पोस्टको दिशा लिन सकेन । दशौं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङको प्रहारलाई गोलरक्षक अदिति चौहानले विफल पारिन् । उक्त बचाउ गर्ने क्रममा चोट बोकेपछि अदितिको स्थानमा इलाङबाम चानु मैदान छिरेकी थिइन् ।
३४ औं मिनेटमा भारतले अग्रता लिने सुवर्ण अवसर गुमायो । बाला देवीले बल अघि बढाउँदा गोलरक्षक एन्जिला पेनाल्टी क्षेत्र बाहिर निस्केर बिट हुँदा गीता रानाले बल खोस्दै खाली पोस्टमा गोल गर्नबाट जोगाएकी थिइन् । लगत्तै अर्को तर्फ सावित्राको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
दोस्रो हाफमा भारतले तीन खेलाडी परिवर्तन गरेको थियो । ५१ औं मिनेटमा बालादेवीको प्रहार गोलरक्षक एन्जिलाले विफल पारिन् । तर त्यसको ५ मिनेटपछि नै सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाइन् । मनिषा कल्याणको क्रसमा सौम्याको फितलो प्रहार एन्जिलाले कुनै भेउ नै पाइनन् ।
६८ औं मिनेटमा इन्दुमथी कासीरेथानले भारतको अग्रता दोब्बर पारिन् । कार्थिकाको पासमा नेपाली डिफेन्स बिट हुँदा इन्दुमथीले सहजै गोल गरिन् । उनको सुस्त प्रहारमा एन्जिला सहजै बिट भएकी थिइन् ।
८८ औं मिनेटमा नेपालले खेलमा फर्कने अवसर पायो । स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सावित्राले पेनाल्टीमा सहजै गोल गर्दै स्कोर २-१ को स्थितिमा ल्याइन् । लगत्तै भारतीय डिफेन्सको कमजोरीको भरपुर फाइदा उठाउँदै सावित्रा भण्डारीले वन भर्सेस वनमा सुन्दर गोल गरिन् ।
इन्ज्युरी समयमा प्रिती राइको प्रहार पोस्टभन्दा माथिबाट जाँदा नेपाल अप्रत्याशित जितबाट बन्चित भएको थियो ।
नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ । प्रशिक्षक अनन्त थापाले दुई मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीको टोली घोषणा गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]