default_image

3 years ago

February 16, 2023

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

315 views

0 Bookmark

एजेन्सी – आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी नोभेम्वरपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सिटीले यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै पहिलो स्थानमा उक्लन सफल भएको हो । सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे । आर्सनलका बुकायो साकाले बराबरी गोल फर्काएका थिए ।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । ताकेहिरो तोमियासुको ब्याक पास लिन गोलरक्षक आरोन राम्सडेल अघि बढेको अवस्थामा गल्ती गर्दा ब्रुएनाले पेनाल्टी बक्सबाहिरबाट खाली पोस्टमा गोल गर्न सफल भए ।

४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् ।

७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए ।

आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । २२ जनवरीमा म्यानचेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेयता आर्सनलले चार खेल खेल्दा जित निकाल्न सकेको छैन । जसमा ३ हार र एक बराबरीको नतिजा छ । यसमा एक एफए कप तथा तीन प्रिमियर लिगको खेल हो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा पछि छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.