default_image

7 months ago

February 16, 2023

डर्टमुन्डसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार बेहोरेको छ । चेल्सी घरेलु टोली डर्टमुन्डसँग १–० ले पराजित भएको हो । चेल्सीलाइए पराजित गर्न डर्टमुन्डका करिम एडियमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्क डर्टमुन्डका बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार बेहोरेको छ ।

चेल्सी घरेलु टोली डर्टमुन्डसँग १–० ले पराजित भएको हो । चेल्सीलाइए पराजित गर्न डर्टमुन्डका करिम एडियमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

सिग्नल इडुना पार्क डर्टमुन्डका बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । ३१औं मिनेटमा जोआओ फेलिक्सले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी अग्रता लिनबाट चुक्यो ।

३८औं मिनेटमा फेलिक्सकै प्रहार बारमा लागेर फर्कदा चेल्सीले अग्रता लिन सकेन । ५४औं मिनेटमा रिस जेम्सको प्रहारलाई डर्टमुन्डका गोलरक्षक ग्रेगर कोवेलले नियन्त्रणमा लिए । ५७औं मिनेटमा जुलियन ब्रान्डको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले बचाए ।

६२औं मिनेटमा मिखाइलो मुड्रिकको क्रस पासमा रिस जेम्सको प्रहारमा गोलरक्षक कोवेल नै बाधक बने । ६३औं मिनेटमा करिक एडियमीले गोल गर्दै घरेलु टोली डर्टमुन्डलाई १–० को अग्रता दिलाए । उनले राफयल गुरेइरोको पासमा गोल गर्न सफल भएका थिए ।

७८औं मिनेटमा हाकिम जियाचको फ्रिकिकलाई गोलरक्षक कोवेलले पञ्च गर्दै बचाए । त्यसमै प्राप्त कर्नरमा कोलिडोउ कोउलीवेलीको प्रहारलाई गोलरक्षक कोवेलले विफल पारेपनि आफ्नो नियन्त्रण बाहिर रहेको बललाई इम्री क्यानले गोल लाइनबाट क्लियर गर्दै चेल्सीको बराबरी टारे ।

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा एन्जो फर्नान्डेजको प्रहारलाई गोलरक्षक कोवेलले विफल पार्दै चेल्सीलाई हार चखाए ।

अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा ७ मार्चको राति हुनेछ । डर्टमुन्डलाई क्वाटरफाइनल पुग्न यही नतिजा पर्याप्त हुनेछ । चेल्सीको जितको विकल्प छैन ।

September 22, 2023

आयोजक चीनको १६ गोल!

हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

Success

Thank you for your time.