10 months ago
February 16, 2023
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकाले बेल्जियन क्लब ब्रुगलाई पराजित गरेको छ । बेन्फिकाले क्लब ब्रुगमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । बेन्फिकाको जितमा जोआओ मारियो र डेभिड नेरेशले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । बेल्जियमस्थित ब्रुगमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको […]
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकाले बेल्जियन क्लब ब्रुगलाई पराजित गरेको छ ।
बेन्फिकाले क्लब ब्रुगमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । बेन्फिकाको जितमा जोआओ मारियो र डेभिड नेरेशले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
बेल्जियमस्थित ब्रुगमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा डेभिट नेरेशले गोल गर्दै बेन्फिकाको जित पक्का गरे ।
अब दोस्रो लेग बेन्फिकाको मैदानमा ७ मार्चमा हुँदैछ । बेन्फिकालाई क्वाटरफाइनल पुग्न यही नतिजा पर्याप्त हुनेछ । क्लब ब्रुगलाई भने जित बाहेकको विकल्प छैन ।
December 3, 2023
दिपक बोहरा ,पाँचथर झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो । बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]