default_image

3 years ago

February 16, 2023

गोलरक्षक दीप मनाङको कप्तान नियुक्त

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दीप कार्की ‘ए’ डिभिजनको सर्वाधिक सफल मनाङ–मर्स्याङ्दी क्लबको कप्तानमा नियुक्त भएका छन् ।

मनाङले बिहीबार गोलरक्षक दीपलाई कप्तानको जिम्मेवारी प्रदान गरेको जनाएको छ । राष्ट्रिय फुटबल टिमका गोलरक्षक समेत रहिसकेका कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ ।

यसअघि गत सिजन मनाङको कप्तानी अन्जन विष्टले सम्हालेका थिए । अन्जन नव प्रवेशी चर्च ब्वाइज युनाइटेडमा अनुबन्ध भइसकेका छन् ।

गोलरक्षक दीप यसै सिजनमा मनाङमा फर्किएका हुन् । कास्कीका दीप यसअघि २०१७ मा मनाङको टोलीमा रहेका थिए । त्यसपछि दीपले रेलिगेसनविनाको लिगमा मछिन्द्रबाट खेलेका थिए । त्यसपछि दीप पुन मनाङमा फर्किएका थिए । गत सिजन हिमालयन शेर्पाबाट लिग खेलेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.