default_image

3 years ago

February 16, 2023

आर्मीलाई हराउँदै एपिएफ सहिद स्मृतिको सेमिफाइनलमा

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबारको क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एपिएफका नवीन लामा, सुदीप सिख्राकाार, सनी श्रेष्ठ र दीपेश धिमालले गोल गरे । आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवास मात्र गोल गर्न सफल भए । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले रोके । गोलकिपर राजु खेलको म्यान अफ दी म्याच चुनिए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगितामा शुक्रबारको क्वार्टरफाइनलमा रिगल रिसोर्ट हेटौडा मकवानपुर ११ र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.