3 years ago
February 17, 2023
एजेन्सी – युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा स्पेनिस क्लब सेभिया र फ्रान्सेली क्लब मोनाको सफलता हात पार्दा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोकिएको छ ।

सेभियाले घरेलु मैदानमा डच क्लब पिएसभी इन्डोभेनमाथि ३–० को सहज निकाल्दै प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना जीवित राखेको हो ।
रोमन सान्चेज पिजुवान रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा युसुफ एन न्यास्री, लुकास ओकम्पास र नेमान्जा गुडेल्जले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा युसुफ एन न्यास्रीले गोल गर्दै सेभियालाई अग्रता दिलाए ।
५०औं मिनेटमा लुकास ओकम्पासले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे । ५५औं मिनेटमा नेमान्जा गुडेल्जले गोल गर्दै सेभियाको जित पक्का गरे ।

अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा हुनेछ । सेभियालाई अघिल्लो चरण पुग्न यही नतिजा कायम तथा २–० को हारले पनि फरक पार्नेछैन । पिएसभीलाई अघिल्लो चरण पुग्न जितको खाँचो छ ।
यस्तै अर्काे खेलमा मोनाकोले जर्मन क्लब बायर लिभरकुसनमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ । मोनाकोको जितमा क्रिपिन डिएटा र एक्सेल डिएसीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लिभरकुसनका मोउसा डियावी र फ्लोरिएन वर्जले गोल फर्काए ।
अर्काे खेलमा युभेन्ट्सले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा फ्रान्सेली क्लब नान्टेससँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सका डुसान भ्लाहोभिचले गोल गर्दा नान्टेसका लुडोभिच ब्लासले बराबरी गोल फर्काए ।
च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका टोलीले अन्तिम ३२ मा प्रतिस्पर्धा भइरहेको छ ।

आर्सनल, फेनरवाच, रियल बेटिस, युनियन सेन्ट गिलोइस, रियल सोसिडाड, फ्रेइवर्ग, फियोनुर्ड र फेरेन्कभारोस समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगिसकेको छ ।
अन्य नतिजा
बार्सिलोनाविरुद्ध म्यानचेस्टर युनाइटेड (२–२)
साख्तर डोनेक्सविरुद्ध रेनेस (२–१)
आयाक्सविरुद्ध युनियन बर्लिन (०–०)
साल्जवर्गविरुद्ध रोमा (१–०)
स्पोर्टिङ सिपीविरुद्ध मिट्जेल्यान्ड (१–१)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]