9 years ago
December 30, 2016
समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्
दिपेश तिमल्सिना
सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले १ गोल गरिन् । भुटानका लागि टंकमाया घलेले गोल फर्काएकी थिइन् । फाधुवाले १८ औं मिनेटमा र आमिनाले ३६ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा टंकमायाले भुटानका लागि गोल फर्काइन् । इन्जुरी समयको दोस्रो मिनेटमा फाधुवाले गोल थपिन् र माल्दिभ्सको जित पक्का पारिन् ।
नेपाल समूहका सबै तीन खेल जितेर विजेता बनेको थियो भने माल्दिभ्सले तीन मध्ये दुई खेल जितेको छ । नेपालको ९ अंक र माल्दिभ्सको ६ अंक छ भने च्याम्पियनसिपबाट बाहिरिएका श्रीलंकाको ३ र भुटान अंक विहिन रहेको छ । माल्दिभ्सको जितसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।
समूह ‘बी’ बाट आयोजक भारत र बंगलादेश सेमिफाइनल पुगिसकेका छन् । तीन टोली रहेको समूहमा भारत र बंगलादेश दुवै अफगानिस्तानलाई हराएर अन्तिम चारको यात्रा तय गरिसकेका छन् । अब शनिबार हुने समूह चरणको अन्तिम खेलले समूह ‘बी’ को विजेताको टुंगो लगाउने छ ।
नेपालले सेमिफाइनलमा शनिबारको खेलमा पराजित हुने टोलीको सामना गर्नेछ । त्यस्तै शनिबारको खेल जुन टोलीले जित्ने त्यसले माल्दिभ्सको सामना गर्नेछ । पछिल्ला तीन संस्करणमा उपविजेता रहेको नेपाल सबै फाइनलमा भारतसँग पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]