3 years ago
February 17, 2023
हेटौडा (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको क्वार्टफाइनलमा रिगल रिसोर्ट हेटौड मकवानपुर ११ लाई २–१ ले पराजित गर्दै मनाङले अन्तिम चारमा पुगेको हो । मनाङको जितमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए ।
मकवानपुरको लागि एक गोल साहिदले गरे । सुमितले ११ औं र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेपछि मनाङले मध्यान्तर अघि २–० ले अगाडि लागेको थियो । मकवानपुरका लागि साहिदले ५३ औं मिनेटमा गोल फर्काउका थिए । मनाङका कमल थापा खेलको म्यान अफ दी म्याच घोषित भए ।
मनाङले क्वार्टरफाइनलमा एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताको क्वार्टरफाइनलमा शनिबार हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबबीच खेल हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]