3 years ago
February 18, 2023
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले उच्च प्रदर्शनसहित दुई असिस्ट प्रदान गरेपछि अल नासरले साउदी प्रो लिगमा जित निकालेको छ ।

अल नासरले घरेलु मैदानमा अल तावोनलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा रहन सफल भएको हो । अल नासरका अब्दुल रहमान घारिव र अब्दुल्लाह मादुले गोल गर्दा अल तावोनका अल्भारो मेडरनले गोल फर्काए ।
एमआरसोल पार्क रियादमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको १७औं मिनेटमा अब्दुल रहमान घारिवले गोल गर्दै अल नासरलाई १–० को अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गर्न सफल भएका थिए ।
४७औं मिनेटमा अल्भारो मेडरनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मोहम्मेद अल घाम्दीको पासलाई सदुपयोग गरेका थिए । ७८औं मिनेटमा अब्दुल्लाह मादुले गोल गर्दै अल नासरको जित पक्का गरे । उनले यसपटक रोनाल्डोकै पासमा गोल गर्न सफल भए ।

अघिल्लो खेलमा ह्याट्रिकसहित चार गोल गरेका रोनाल्डोले यस खेलमा गोल गर्न नसकेपनि सानदार प्रदर्शन गर्दै दुई असिस्ट प्रदान गरे । यसै विन्टरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदीमा आएका ३८ वर्षीय रोनाल्डोले साउदीको प्रो लिगमा ४ खेलमा ५ गोल र २ असिस्ट प्रदान गर्दै आफ्नो पुरानो फर्ममा फर्कने संकेत गरेको छ ।
यस जितसँगै अल नासर १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४० अंक नै रहेपनि अल इतिहाद र अल सवाव गोल अन्तरमा पछि छ । अल सवावले एक खेल बढी खेलेको छ । पराजित अल तावोन ३० अंक जोडेर पाँचौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]