default_image

7 months ago

February 18, 2023

नेपोलीको १८ अंकको अग्रता

एजेन्सी – शीर्षस्थानमा रहेको नेपोली इटालियन सिरी ‘ए’ को उपाधितर्फ अग्रसर बनेको छ । शुक्रबार राति सस्सुलोलाई २–० ले हराएर १८ अंकको अग्रता बनाएपछि नेपोली उपाधितर्फ अग्रसर बनेको हो । नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया र भिक्टर ओसिमहेनले गोल गरे । मापेई स्टेडियममा भएको खेलमा नेपोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १२औं मिनेटमा […]

41 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको नेपोली इटालियन सिरी ‘ए’ को उपाधितर्फ अग्रसर बनेको छ । शुक्रबार राति सस्सुलोलाई २–० ले हराएर १८ अंकको अग्रता बनाएपछि नेपोली उपाधितर्फ अग्रसर बनेको हो ।

नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया र भिक्टर ओसिमहेनले गोल गरे । मापेई स्टेडियममा भएको खेलमा नेपोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२औं मिनेटमा कभिचा कभाराट्सकेलियाले गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । उनले म्याथिअस ओलिभेराको पासमा गोल गर्न सफल भएका थिए । ३३औं मिनेटमा भिक्टरले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । उनले अमिर रहमानीको पासलाई सदुपयोग गरे ।

४०औं मिनेटमा घरेलु टोली सस्सुलोका अर्मान्ड लोउरेन्टले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेपोलीका जियोभानी सिमिओनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १८ अंकको अग्रता बनाएको छ । नेपोलीको २३ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४४ अंक छ । पराजित सस्सुलो २४ अंक जोडेर १५औं स्थानमा छ ।

September 24, 2023

न्युक्यासलको ८ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]

September 24, 2023

बायर्नको जितमा केनको ह्याट्रिक

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]

September 24, 2023

म्यानचेस्टर सिटीको छैटौं जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]

Success

Thank you for your time.