3 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध आज (शनिबार) दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

यो खेल भारतको चेन्नईस्थित जवहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजे हुनेछ । गत बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो । दुई गोलले पछि पर्नुका बाबजुद गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ ले अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको हार टारिन् ।
नेपाल उक्त खेलको कमजोरीलाई बिर्सेर सकारात्मक जित हासिल गर्न चाहन्छ । नेपाल यो खेलसँगै पछिल्लो दुई खेलमा भारतसँग अपराजित रहेको छ । नेपालले पछिल्लोपटक गत भदौंमा नेपालमै भएको साफको सेमिफाइनलमा भारतलाई १–० ले पराजित गरेको थियो ।

तर, टोलीलाई मुख्य डिफेन्डर गीता रानाको अभाव हुनेछ । चोटका कारण गीता टोलीमा हुने छैनन् । चोट बोकेपछि गीताले दोस्रो हाफमा मैदान छाडेकी थिइन् । उनको स्थानमा विमला विक खेल्ने सम्भावना छ ।
प्रशिक्षक अनन्तराज थापाले कप्तानमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा र अन्जना राना मगरमध्य एकलाई खेलाउन सक्छिन् । डिफेन्समा विमलासँगै हिरा कुमारी भुजेल र अमृता जैशी रहनेछिन् ।
मिडफिल्डमा सरु लिम्बु, दिपा शाही, अनिता बस्नेत, प्रिती राई र अनिता केसी रहने सम्भावना रहँदा अग्रपंक्ति सावित्राले सम्हाल्नेछिन् । उनलाई अमिषा कार्की र रश्मी कुमारी घिसिङले साथ दिने सम्भावना छ ।
यता, अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुगेको घरेलु टोली भारत यसपटक त्यो गल्तीलाई सुधारेर जितको लक्ष्यमा मैदान उत्रनेछ । दुई गोलको अग्रता लिएपनि भारतले अन्तिम दुई मिनेटमा दुई गोल खाँदै जितबाट वञ्चित बनेको थियो ।
नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटको पहिलो राउन्डमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भिएतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । भारत रहेको समूह ‘जी’ मा तुर्कमिनिस्तान र किर्गिस्तान रहेको ओलम्पिक क्वालिफायर अप्रिलमा हुँदैछ ।
नेपाल र भारत हालसम्म १२ पटक आमाने–सामाने भएका छन् । जसमा भारत ८ खेलमा विजयी हुँदा नेपालले १ खेल जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
महिला राष्ट्रिय फुटबल टोली
गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे
मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]