default_image

3 years ago

February 18, 2023

नेपाल र भारतको अर्को बराबरी

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरी टुंगिएको छ । शनिबार भएको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको छ । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

भारत चेन्नईको जवहारलाल नेहरु स्टेडियमा शनिबार भएको खेलमा नेपालको दाजोमा भारतीय खेलाडी गोलको मौका सिर्जना गरेपनि सफलता भने मिल्न सकेन । नेपाली टोलीले भने खासै आक्रमण गर्न सकेन ।

यसअघि पहिलो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिदा नेपालका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । ४२ खेलमा सावित्राको ४२ गोल पुगेको छ । सावित्राले दुई मिनेटका अन्तरमा दुई गोल गर्दै हार टारेकी थिइन् ।

शनिबार टोलीकी मुख्य डिफेन्डर गीता रानाको अभाव महसुस भएको थियो । चोटका कारण गीता दोस्रो खेलमा खेल्न सकिनन् । गीताले पहिलो खेलको दोस्रो हाफमा मैदान छाडेकी थिइन् । गीताको ठाँउमा शनिबार समिक्षा घिमिरे सेन्टर र विमला विक राइट ब्याकमा थिए ।

शनिबार भएको दोस्रो खेलको चौथो मिनेटमा मनिषाको प्रहारलाई नेपाली टोलीकी कप्तान समेत रहेकी गोलकिपर एन्जिलाले रोकेकी थिइन् ।

१५ औं मिनेटमा भारतीय कप्तान इन्दुमतीको क्रसलाई विमलाले क्लियर गरेकी थिइन् । २५ औं मिनेटमा भारतीय कीर्तिकाको झन्डै २५ यार्ड टाढाबाटको प्रहार एन्जेलाले मुस्किलले बचाएकी थिइन् ।

५४ औं मिनेटमा सावित्रालाई उपलब्ध गराइएको लामो बल रितु रानीले क्लियर गरेकी थिइन् । ७८ औं मिनेटमा भारतीय प्रहारलाई हिराकुमारी भुजेलले रोकिन् । अन्तिम मिनेटमा पनि एन्जिलाले टोलीको संकटा टारिन् । उनले पन्च गर्दै सम्भावित खतरा टारिन् ।

नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । छनोटको पहिलो राउन्डमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । भारत रहेको समूह ‘जी’ मा तुर्कमिनिस्तान र किर्गिस्तान छन् । ओलम्पिक छनोट अप्रिलमा हुँदैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.