3 years ago
February 18, 2023
हेटौंडा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली फ्रेण्डस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । कप्तान विश्वास श्रेष्ठको निर्णायक गोलमा हिमालयन शेर्पाले जित निकालेको थियो । अमृत श्रेष्ठको गोलमा हिमालयन शेर्पाले तेस्रो मिनेटमा खेलमा अग्रता लिएको थियो ।
तर ६७ औं मिनेटमा अन्जन महर्जनले बराबरी गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काएका थिए । कप्तान विश्वास खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयन शेर्पाले अब सेमिफाइनलमा एफसी क्यामरुनको सामना गर्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगितामा आइतबार एपिएफ फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]