3 years ago
February 19, 2023
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।

रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दावेदारी कायमै राखेको हो ।
पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा फेडे भाल्भेर्डे र मार्काे एसेन्सियोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
मुख्य फरवार्ड तथा कप्तान करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसविना नै मैदान उत्रिएको रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

८९औं मिनेटमा भिनिसियसले गोल गरेपन भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियलको जित पक्का गराए ।
६६औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका एसेन्सियोले अर्का परिवर्तित युवा मिडफिल्डर अल्भारो रोड्रिग्वेजको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]