default_image

10 years ago

September 19, 2015

चम्किदै रेजिन र यु१६ टोली

243 views

0 Bookmark

अशोज २ – दिपेन्द्र पोखरेल – हाम्रो खेलकुद

५ जुन्, कुवालालम्पुरमा एएफसि यु-१६ प्रतियोगिताको छनोट चरणको ड्र सार्वजनिक भयो, नेपाल जोर्डन्, किर्गिस्तान र ओमान बिरुद्धको निकै अफ्ठेरो समुहमा पर्‍यो |

rejin n u16 Nepal

यो भन्दा अघिको यु-१६ टोलिले घरेलु मैदानमा बहराइन्, ईराक र टुर्क्मेनिस्तानलाई पछी पार्दै समुहमा अब्बल रह्यो र थाइल्याण्डमा भएको फाइनल चरणको खेलमा दक्षिण एसियाकै एक मात्र नेतृत्व टोली बन्यो |

सायद घरेलु मैदानमा नै  साफ यु-१६को फाइनल यात्रा र यु-१६ छनोटको खेल घरेलु मैदानमा खेल्न पाएर होला हेमन्त थापा मगर, बिमल घर्ती मगर, अनन्त तामाङ लगायत को टोलीले प्रसस्त नाम कमाउने अवसर पायो |

मिडियामा कमै आएपनी यसपलिको युवा टोलीलाइ बिमल घर्ती मगरको टोली भन्दा टेकनिकल र अझ राम्रो भन्ने स्ंघ्या प्रसिक्षक र फुटबल बिघ्यहरुले दिए |

बाङ्लादेशमा सम्पन्न यु १६ साफ प्रतियोगिताको सेमी-फाइनलमा भारतबिरुद्ध हार बेहोरेको यो टोलिले आफु भन्दा अघिल्लो ब्याचले कमाएको प्रतिष्ठा जोगाइ राख्न निकै ठुलो चुनौतिको सामना गर्नु पर्ने भयो|

रेजिन सुब्बा(बाया ) र मिड फिल्डर राजीव लोप्चान

रेजिन सुब्बा(बाया ) र मिड फिल्डर राजीव लोप्चान

त्यही चुनौतिलाई आत्मसात गर्दै  आफुभन्दा कडा मनिएको जोर्डनसँग किर्गिस्तानको मैदानमा उत्रीयो युवा टोली | सुरुवाती समयमा लय समात्न मुस्किल परेको नेपालले खेलको पछील्लो समयमा नियन्त्रण लिदै २-१ को सान्दार जित हासिल गर्‍यो | त्यही जित संगै नेपालले रेजिन सुब्बाको नाममा नयाँ नायक पायो |

१७ नम्बरको जर्सी लगएर खेल्ने रेजिनले दुबै गोल गर्दै एकाएक चर्चा कमाए | त्यो चर्चा क्षडिक नभएको पुस्टी गर्दै घरेलु टोली किर्गिस्तान बिरुद्ध पहिलो हाल्फमा २-०ले पछी परेको नेपाल, पछिल्लो हाल्फमा ४ गोल गर्दै नतिजा आफ्नो पक्षमा उल्टाउन सफल रह्यो | यो सान्दर जितमापनी रेजिनले १ गोल र १ असिस्ट गर्दै महत्वपुर्ण भूमिका निर्वाह गरे |

चाए बिमल घर्ती मगरकै ब्याच होस या रेजिन सुब्बाकै किन नहोस्, राम्रो लगानी, दुर्दर्शन र आवस्यक प्रशिक्षणमा नेपालको फुटबल भविस्य सुनौलो छैन भन्नसक्ने कमै होलान  |

एन्फा लगयत सम्बन्धित निकायले  यि भविस्यका गहनाको मुल्यांकन गरी यिनिहरुको प्रतिभा सधुपयोग गर्न सके नेपाली फूटबलले अवस्य सकारात्मक दिशा लिनेछ |

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.