default_image

3 years ago

February 19, 2023

एपिएफलाई सूर्यनगर गोल्डकप उपाधि

231 views

0 Bookmark

बर्दघाट (हाम्रो खेलकुद)– नवलपरासी पश्चिमको सातौं सूर्यनगर गोल्डकप प्रतियोगिताको उपाधि एपिएफ फुटबल क्लबले जितेको छ ।

बर्दघाट नगरपालिकाको सूर्यनगर रंगशालामा आइतबार भएको फाइनलमा बाग्मती क्लब, सर्लाहीलाई ट्राईबेकरमा ५–३ ले हराएको थियो । त्यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र दोस्रो भएको टोलीले बागमतीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नवलपरासी पश्चिम क्षेत्र नं. १ का संसद विनोद कुमार चौधरी, संघीय सांसद सरिता खनाललगायतले पुरस्का वितरण गरेका थिए । चौधरीले खेलकुद विकासका लागि आफूले सहयोग गर्ने बताए । उनले सूर्यनगर खेलमैदानमा भएका अधुरा कार्यलाई पूर्णता दिन पहल गर्ने प्रतिवद्धता जनाए । सांसद खनाल भुषालले सूर्यनगर गोल्डकपलाई थप विकास गर्न आफूले पनि सहयोग गर्ने बताइन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.