default_image

3 years ago

February 20, 2023

रासफर्ड र ब्रुनो चम्कदा म्यानचेस्टरको जित

352 views

0 Bookmark

एजेन्सी – फरवार्ड मार्कस रासफर्डले दुई गोल तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई असिस्ट प्रदान गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो । एक गोल जेडान सान्चोको नाममा रह्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भए ।

५६औं मिनेटमा रासफर्डले फ्रेडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा २–० को अग्रता दिलाए ।

६१औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग ५ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि छ ।

चौथो स्थानको टोटेनहमलाई ७ अंकले पछि पारेको छ । पराजित लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.