default_image

3 years ago

February 20, 2023

डि मारिया र किनको गोलमा युभेन्ट्स विजयी

314 views

0 Bookmark

एजेन्सी – एन्जल डि मारिया र मोइस किनको गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा स्पेजियालाई पराजित गरेको छ ।

युभेन्ट्सले घरेलु टोल स्पेजियामाथि २–० को सहज जित हात पार्दै अंक तालिकामा सुधार गरेको छ । स्पेजियामा आइतबार राति भएको खेलको ३२औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए ।

उनले फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ६६औं मिनेटमा एन्जल डि मारियाले डानिलोको पासमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गराए ।

यस जितसँगै युभेन्ट्स २३ खेलबाट ३२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित स्पेजिया १९ अंक जोडेर १७औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.