default_image

3 years ago

February 20, 2023

भारतका युवा फरवार्डद्धय एनआरटीमा अनुबन्धित

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले भारतका युवा फरवार्डद्धय सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई क्लबमा अनुबन्ध गरेका छन् ।

एनआरटीले आगामी सिजनका लागि भारतका १९ वर्षीय सैभिस र लालनुन्जामालाई एसियन कोटामा क्लबमा अनुबन्ध गरेको जनाएको छ ।

सैभिसले सन् २०२२ मा दिल्ली युनाइटेड फुटबल क्लबबाट खेलेका थिए । लालनुन्जामाले यसअघि एफसी गोआबाट खेलेका थिए । आधिकारिक सम्झौता हुनुअघिको प्रि–सिजनको खेलमा उनले गोल गरेका थिए ।

यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ । डवल राउन्ड रोविनको आधारमा हुने लिग जेठ २५ गतेसम्म चल्नेछ । एनआरटीले फागुन २१ गते सातदोबाटो युथ क्लबसँग खेल्दै नयाँ सिजनको लिगको सुरुवात गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.