default_image

3 years ago

February 20, 2023

चर्च ब्वाइज भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा

335 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर

चर्च ब्वाइज युनाइटेड क्लब मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

भद्रपुरको मेची रंगशालामा सोमबार भएको खेलमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो । टोलीलाई जित दिलाउन आशिष चौधरीले २ गोल र गगनदीप सिंहले एक गोल गरे ।

चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि फागुन १० गते सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्नेछ । अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले ४० औं मिनेटमा गगनदीपको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा चार मिनेटको फरकमा आशिषले गोल गरेपछि चर्च ब्वाइजको जित सहज भएको हो ।

आशिषले ५६ औं र ६० औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित पारे । आशिष नै खेलको म्यान अफ दी म्याच चुनिए र उनले २० हजार रुपैयाँ प्राप्त गरे । भद्रपुर झापा गोल्डकपले आयोजना गरेको प्रतियोगितामा मंगलबार संकटा क्लब र भद्रपुर ब्लेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन १६ गतेसम्म हुने गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.