9 years ago
December 30, 2016
सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका स्ट्राइकर बनेका छन् । बर्षौदेखि फुटबलमा रहेपनि बंगबन्धुले उनलाई नयाँ परिचय र उचाई दियो ।
अहिले भारतको सिलगुढीमा महिला साफ च्याम्पियनसिपको चौथो संस्करण चलिरहेको छ । जहाँ एकजना नेपाली खेलाडी सबैको केन्द्रमा रहेकी छिन् । सुरुका दुई खेलले उनलाई समाकालिन दक्षिण एसियाली खेलाडीमा सबैभन्दा सफल खेलाडी बन्ने सम्भावना देखाएको छ । उनी हुन् सावित्रा भण्डारी ।

एपिएफमार्फत घरेलु फुटबलमा सामान्य परिचय बनाएकी सावित्रा सोमबार भुटानसँगको खेलसँगै रातारात चर्चामा पुगेकी छिन् । नहोस् पनि किन, टोलीले ८–० को जित निकाल्दा ६ गोल उनी एक्लैले गरेकी थिइन् । ‘फ्लुक’ खेलकुदमा बढी नै प्रयोग हुने शब्द हो । सावित्राको ६ गोल धेरैलाई ‘फ्लुक’ पनि लागेको हुन सक्थ्यो । तर, दोस्रो खेलमा माल्दिभ्सलाई नेपालले ९–० ले हराउँदा पनि सावित्राले ५ गोल गरेपछि सबैलाई मान्न करै लाग्यो, यो केटीमा केही क्षमता त पक्कै छ । नत्र, जत्तिनै कमजोर टोलीविरुद्ध खेलेपछि दुई खेलमा ११ गोल अन्तर्राष्ट्रिय फुटबलमा मात्रै होइन, घरेलु फुटबलमा पनि सजिलो पक्कै हुँदैन । त्यस्तै पत्यार नलाग्ने प्रदर्शन सावित्राले गरेकी छिन् । भलै उनले श्रीलंकाविरुद्ध शुक्रबारको खेलमा गोल गर्न सकिनन् । तथापी टोलीमा उनको भूमिका महत्वपूर्ण छ नै ।

नेपाल साफ च्याम्पियनसिपको फाइनल पुग्न सक्यो भने सबैभन्दा बढी आशा सम्भवतः सावित्राबाटै हुनेछ । अहिलेको प्रदर्शनले पनि उनी आशा गर्न लायक खेलाडी बनेर निस्केकी छिन् । नेपाल पहिलो पटक साफ च्याम्पियन बनेर फर्कन्छ वा फर्कन अहिले भन्न सकिने अवस्था छैन । नेपालका लागि दक्षिण एसियामा सबैभन्दा ठूलो तगारो भारत नै हो । तीन पटकको च्याम्पियन रहि सकेको भारत सेमिफाइनल पुगिसकेको छ । नेपालको नतिजा जे भएपनि सावित्रा स्वदेश फर्कदा भने पक्कै नयाँ स्टारका रुपमा फर्कने छिन्, जसरी गत बर्ष बंगबन्धुबाट नवयुग स्वदेश फर्कदा स्टार बनिसकेका थिए ।

राष्ट्रिय टोलीमा समावेश भएको दुई बर्षपछि चर्चाको शिखर चढ्दै गरेकी सावित्राको सुरुआत भने भलिबलबाट भएको थियो । बाआमाका २ छोरा र ४ छोरी मध्ये सावित्रा दोस्रो सन्तान हुन् । २०५३ सालमा लमजुङको सिमपानीमा जन्मेकी सावित्रालाई स्थानिय भलिबल प्रतियोगितामा खेल्ने क्रममा रेफ्री शुक्र तामाङसँग भेट भएको थियो । सावित्राको खेल हेरेपछि तामाङले भने, ‘तैले अरु स्पोर्टसमा पनि राम्रो गर्न सक्छेस् । ’
२०७० सालमा तामाङकै सहयोगमा राजधानी आएर एपिएफमा ट्राएल थिइन् र छनोट भइन् । त्यहाँबाट फुटबलमा उनीको यात्रा प्रारम्भ भयो । एपिएफमा राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने अनु लामाको बोलवाला थियो । त्यस्तोमा सिधै सावित्राले मौका पाउने कुरा थिएन । अनु शान्ति सेनामा गएपछि उनी पहिलो रोजाइमा पर्न थालिन् । एपिएफमा उनले गर्दै आएको प्रदर्शनले उनलाई राष्ट्रिय टोलीको बाटो तय गरायो । सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध उनले डेब्यू गरिन् र खेलको ८८औ मिनटमा गोल गर्न पनि सफल भइन। । अहिले सम्म उनले नेपालका लागि यो दुई बर्षमा १४ क्याप जितिसकेकी छिन् ।

सावित्रा टोली कारण आफु सफल भएको मान्छिन् । उनले भनिन् ‘फुटबल टिम गेम हो । यसमा सबैको समन्यव आवश्यक पर्छ ।’ साफ च्याम्पियनसिपकै दौरान एक पत्रकारले तिमि दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हो भनेर सोध्दा उनको जवाफ थियो,‘उत्कृष्ट त म भन्दिन । तर आउने दिनमा त्यस्को कमी महसुस हुन दिने छैन ।’
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]