default_image

3 years ago

February 20, 2023

हिमालयन शेर्पा मकवानपुर गोल्डकपको फाइनलमा

195 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – ए डिभिजन टोली हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई १–० ले पराजित गर्र्दै हिमालयन शेर्पा अन्तिम दुईमा पुगेको हो । सुनिल श्रेष्ठको गोलमा हिमालयन शेर्पाले जित निकालेको थियो ।

अब हिमालयन शेर्पा र मनाङ् मस्र्याङ्दी क्लबबीच बुधबार फाइनल हुनेछ । अघिल्लो दिन एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ फाइनल पुगेको थियो । सोमबार सुनिलले ५२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक बनेको थियो । सुनिल नै खेलको म्यान अफ दी म्याच बने र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.