3 years ago
February 20, 2023
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आई लिगमा लगातार दोस्रो खेलमा हिरो म्याद अफ दी म्याच चुनिएका छन् । आइ लिगमा किरण सम्मलित राउन्ड ग्लास पन्जाब एफसीले सोमबार नर्थ इस्टर्न रि आर्गनाइजिङ कल्चरल एसोसिएसन एफसी (नेरोका) लाई १–० ले हराएको छ ।

अजय क्षेत्रीले गोल गरेको खेलमा राउन्ड ग्लास पन्जाबलाई सफलता मिलेको छ । उनले ३४ औं मिनेटमा गरेको गोल खेलको निर्णाय बनेको थियो । जितसँगै टोली अंक तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको श्रीनिदी डेक्कन र राउन्ड ग्लासको समान ४० अंक छ । दुवै टोलीले समान १८ खेल खेलेका छन् ।
जसमध्ये डेक्कनले १३ खेलमा जित १ मा बराबरी र ४ खेलमा हार बेहोरेको छ । राउन्ड ग्लासले १२ खेलमा जित ४ खेलमा बराबरी र २ खेलमा हारको सामना गरेको छ । यसअघि एजवाल एफसीलाई १–० को जित हासिल गर्दा पनि किरण हिरो म्यान अफ दी म्याच घोषित भएका थिए । श्रीनिदीले आइतबार सुदेवा देल्लीलाई ३–१ ले हराउँदै अंक तालिकाको शीर्षतालाई कायम राखेको थियो ।

नेपाली टोलीका अर्का खेलाडी अन्जन विष्ट सम्मलित केन्क्रे र राजस्थान एफसीबीचको दुई दिन अघिकामे खेल गोलरहित बराबरी खेलेको थियो । १२ टोलीको सहभागिता रहेको आइ लिगमा केन्क्रे १५ अंक साथ अंकतालिकाको ११ औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]