10 years ago
September 19, 2015
काठमाडौं, असोज २ गते ।
इन्ज्युरिले सताएको पुलिसको लिग सिजन जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन, खेलाडीहरु घाइते हुनुनै टिमको नराम्रो रिजल्ट आउनुको कारण रहेको प्रशिक्षक स्वयं स्विकार्छन्|
पुलिसका हेड कोच विराट कृष्ण श्रेष्ठलाई जब एक पत्रकारले पुलिसको घाइते खेलाडीहरुको अवस्थाबारे सोधे, तब श्रेष्ठले मुस्काउदैं भने, ‘मेरो पहिलो रोजाइको सेट नै अहिले घाइते छन्, र बेन्चका केहि खेलाडी पनि खेल्न सक्ने अवस्थामा छैनन्’| हुन पनि पुलिस टिमलाई चोटको समस्याले निकै नै पिरोलेको छ|
घाइते खेलाडीको मात्र नाम लिने हो भने पुलिसको अहिले खेल्ने टोली भन्दा चोट बोकेका खेलाडीहरुको टोली बलियो देखिन्छ| गोलकिपर रितेश थापा र डिफेन्डर रविन श्रेष्ठ दुवै ग्रोइनको समस्याले पिरोलिएका छन् भने भोला सिलवालको खुट्टाको अपरेशन गर्नुपर्ने देखिएको छ| जुमानु राई घुँडाको चोटले गर्दा पुर्ण फिट छैनन् भने सुमन सुवेदि मनाङ विरुद्धको खेलमा टाउको जुधेकाले १५ टाँका लगाउनुपरेपछि मैदान वाहिर छन्| डिफेन्डर सुरज बिके पनि आर्मी विरुद्धको खेलमा घाइते हुँदै वाहिरिएपछि पुलिसलाई अझै गाह्रो हुने देखिएको छ| योगेश श्रेष्ठ, चेतन घिमिरे, दिपेन श्रेष्ठ लगाएतका अव्य खेलाडि पनि पुलिसका लागि उपलब्ध छैनन्|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]