default_image

1 year ago

February 26, 2023

रियल हारबाट जोगियो

133 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिड हारबाट जोगिएको छ ।

घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपर्दा उल्टै गोल खान पुगेको थियो ।

६४औं एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । एन्टेनियो रुडिगरमाथि फउल गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुग्यो । तर, त्यसको फाइदा रियलले उठाउन सकेन ।

७८औं मिनेटमा जोश जिमिनेजले गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ५औं मिनेटमा परिवर्तित युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गर्दै रियललाई हारबाट जोगाए ।

७७औं मिनेटमा नाँचो फर्नान्डेसको स्थानमा मैदान छिरेका १८ वर्षीय अल्भारोले लुका मोड्रिचको हेडर पासमा गोल गर्न सफल भएका थिए ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक जोड्दा शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अन्य नतिजा
स्पान्योल
विरुद्ध मलोर्का (–१)
क्याडिजविरुद्ध रायो भालेकानो (–०)
भ्यालेन्सियाविरुद्ध रियल सोसिडाड (–०)

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.