default_image

1 year ago

February 26, 2023

बायर्नलाई पछि पार्दै डर्टमुण्ड शीर्षस्थानमा

151 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमुण्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । डर्टमुण्डले घरेलु टोली होफेनहाइनलाई १–० ले पराजित गरेपछि शीर्षस्थानमा उक्लन सफल भएको हो ।

डर्टमुण्डको जितमा पहिलो हाफमा जुलियन ब्रान्ड्टले गरेको गोल नै निर्णायक बन्यो । उनले ४३औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा गोल गर्न सफल भएका थिए ।

प्रेजेरो एरिनामा सिनसेहिममा शनिबार राति भएको खेलको ५६औं मिनेटमा मारिअस वल्फ्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा डर्टमुण्ड अग्रता दोब्बर पार्नबाट चुक्यो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको डर्टमुण्डको २२ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्न र युनियन बर्लिनको समान ४३ अंक छ । पराजित होफेनहाइन १९ अंक जोडेर १६औं स्थानमा छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.