default_image

1 year ago

February 27, 2023

बायर्न शीर्षस्थानमा उक्लियो

125 views

0 Bookmark

एजेन्सी – युनियन बर्लिनलाई पराजित गरेपछि बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।बायर्नले युनियन बर्लिनलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

बायर्नको जितमा एरिक म्याक्सिम चुपो मोटिङ, किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो ।

एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलको ३१औं मिनेटमा चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिन सफल भयो । उनले किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले थोमस मुलरको पासलाई सदुपयोग गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जमल मुसिएलाले थोमस मुलरकै पासमा गोल गर्दै बार्यर्नलाई ३–० ले अघि बढाए । दोस्रो हाफमा भने गोल निस्कन सकेन ।

यस जितले बायर्न शीर्षस्थानमा उक्लिएको छ । बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । समान ४६ अंक नै रहेपनि बोरुसिया डर्टमुण्ड गोलअन्तरमा छ । पराजित बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.