9 years ago
December 31, 2016
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २-० ले हराउदै साहारा क्लब , पोखरा हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ मा विजयी भएको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले सातौ राष्ट्रिय खेलकुदको कास्य पदक बिजेता नेपाल पुलिसलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफमा एक-एक गोल गर्दै बलियो टोली पुलिसको हेटौंडा यात्रा एकै खेलमा टुंग्याएको हो ।
सहाराका शिव सुवेदीको प्रेरणादायी खेलको २८ औं मिनेटमा कप्तान उत्तम गुरुङले गोल गर्दै खेललाई अगाडि बढाएका थिए । उनले प्रहरीको डिफेन्सबीच डिबक्सभित्र तालमेल अभाव भइरहेको अवस्थामा बललाई जाली चुमाएका हुन् । खेलका ‘म्यान अफ दी म्याच’ शिव सुवेदीले ८४ औं मिनेटमा प्रहार गरेको कर्नर सिधै गोलमा परिणत भएको थियो ।

‘खेलाडीहरुले शतप्रतिशत योगदान दिँदा जीत सम्भव भएको हो । हाम्रो खेलाडीले पहिलो पटक नै पाएको मौकालाई गोलमा परिणत गर्दा हामीले अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका हौं’, सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना डिफेन्सको खुलेर प्रशंसा गरे । ‘हामीले आफ्नो अग्रता जोगाउन डिफेन्सिभ खेल खेलिरहेका समयमा थप गोल निस्किँदा खेलमा सजिलो भयो’, उनले थपे ।
पुलिसका प्रशिक्षक कुमार कटुवालले बल पोजिसन राम्रो हुँदा पनि हार्नु परेको बताए । ‘आयोजकले हाम्रो खेललाई अगाडि सार्दा समस्या भयो’ , सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर आउने वित्तिक खेलमा सहभागी हुनुपर्दा समस्या भएको प्रशिक्षक कटुवालले बताए ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता, उपविजेताले क्रमशः पाँच र तीन लाख रुपियाँ प्राप्त गर्नेछन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]