default_image

9 years ago

January 1, 2017

भारतलाई फाइनलमा भेट्छौं भन्ने सोचेका थियौं – कप्तान रेणुका

166 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि समूह उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको थियो ।

unnamed-1

कञ्चनजंगा रंगशालामा भारत र बंगलादेशको खेल हरेर फर्केपछि नेपाली टोलीकी २१ बर्षे कप्तान रणुका नगरकोटीले धेरैको अनुमान जस्तै भारतसँगै फाइनल पर्ला भन्ने सोचेको बताइन् । भारतसँग सेमिफाइनल परेको छ कत्तिको दबाब परेको छ भन्ने प्रश्नमा रणुकाको जवाफ थियो ‘भारतलाई फाइनलमा भेट्छौं भन्ने सोचेका थियौं । सेमिफाइनलमा भेट भएको छ । जसरी भएपनि आफ्नो खेल खेल्ने हो । भारतनै भएपनि आफ्नो खेल खेल्छौं ।’

renuka
सन् २०१० मा साफ च्याम्पिनिसिपमा नै १५ बर्षको उमेरमा डेब्यू गरेकी रौतहटकी रेणुकाले नतिजा के होला भन्ने प्रश्नमा हास्दै भनिन्,‘अब त्यो त खेलपछि नै थाहा होला । तर हामी सतप्रतिसत दिएर खेल्नेछौं ।’ एपिएफबाट व्यवसायिक खेल जीवन सुरु गरेकी रणुका अर्को बर्ष नेपाल आर्मी क्लबमा पुगेकी थिइन् । अहिले फेरी उनी एपिएफबाट खेल्दै आएकी छिन् ।

घुँडाको चोटको कारण १२ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाइएकी रुणुकाले दुई साताअघि साताअघि काठमाडौंमा मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी थिइन् । त्यसयता चार खेलमा उनीको नेतृत्वमा नेपाल विजयी हुँदै आएको छ । मलेसियालाई १–० ले हराएको नेपालले साफ च्याम्पियनसिपमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराएको थियो ।

renuka1

team

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.