3 years ago
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् ।

१० खेलाडीमा समेटिएको एपिएफ र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सुदपयोग गर्न सकेनन् ।
१८औं मिनेटमा अब्दुल अजिजको फ्रिकिकमा राहुल राहुलको क्रसलाई एडमा डोम्वियाले क्लियर गर्दै एपिएफको संकट टारे । २४औं मिनेटमा फोडे फोफानाको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले सहजै नियन्त्रणमा लिए ।
३२औं मिनेटमा कप्तान नविन लामाको पासमा हरि कार्कीको वान टच प्रहार आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा प्रदीप लामाको शक्तिशाली प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाको हातबाट गएको बल क्रसबारमा लाग्दै बाहिरिदा एपिएफ पुनः अग्रता लिनबाट चुक्यो ।

४८औं मिनेटमा प्रदीप लामाको क्रस पासमा हरि कार्कीको हेडरलाई गोलरक्षक अनिष देउलाले मुस्किलले बचाउँदा राहुल राहुलले क्लियर गर्दै जावलाखेलको संकट टारे ।
६९औं मिनेटमा एपिएफ १० खेलाडीमा समेटिन पुग्यो । हिसव थपलियालाई फउल गरेपछि एडमा डोम्बियालाई पहेलो कार्ड प्रदान गरिएको थियो ।
रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेपछि उनलाई रेफ्री प्रज्वल क्षेत्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । उनले मैदान छाड्न ढिला गर्दा खेल केहीवेर रोकिन पुगेको थियो । तर, त्यसको फाइदा जावलाखेलले उठाउन सकेन ।
यस बराबरीसँगै जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । अपराजित जावलाखेलको ३ खेलबाट ७ अंक पुगेको छ । तीन खेलमै जित निकालेको चर्च ब्वाइजको ९ अंक छ । जावलाखेलले पहिलो खेलमा मछिन्द्रलाई ३–१ ले तथा एनआरटीलाई २–१ ले पराजित गरेको थियो ।
एपिएफको ३ खेलबाट ४ अंक पुगेको छ । एपिएफले पहिलो खेलमा थ्री स्टारलाई २–० ले हराउँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो ।
अर्काे खेलमा संकटाले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको छ । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यू ठकुरीले गोल गरे । संकटाको यो पहिलो जित हो । यसअघि संकटाले पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो ।
पुलिसको भने यो लगातार तेस्रो हार हो । पुलिस पहिलो खेलमा चर्च ब्वाइजसँग २–१ ले तथा दोस्रो खखेलमा हिमालयन शेर्पासँग १–० ले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]