default_image

3 years ago

March 13, 2023

‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) एक पछि अर्को विवादमा फस्दै जान थालेको छ । आन्तरिक विवादका कारण एकमत हुन नसकेको एन्फामा पछिल्लो पटक उपाध्यक्ष विराटजंग शाहीले अध्यक्ष पंकजविक्रम नेम्बाङबाट अपमान भएको बताएका छन् ।

अध्यक्ष नेम्बाङ, महासचिव किरण राई र आफू बिहीबार रुवान्डाको किगालीमा हुने फिफा कंग्रेसमा भाग लिन जाने तयारी अनुसार सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि नाम काटिए थाहा पाएपछि फर्कनुपरेको शाहले आरोप लगाएका छन् । शाहीले फेसबुकमा फिफाबाट आफ्नो टिकट आइसकेको अवस्थामा पनि आफूमाथि धोका भएको भन्दै अध्यक्ष नेम्बाङको आलोचना गरेका छन् ।

‘म घरबाट विदा भएर बिहान सबा १० बजेतिर एयरपोर्ट पुगेर टर्किस एयरको काउन्टरमा गएर टिकट दिए । त्यहाँ मेरा नाम छैन भनियो । पछि मैले बझ्ने प्रयास गरेपछि थाहा पाए । अध्यक्ष, महासचिव र सदस्य मणिराज विष्टको मात्र नाम भएको थाहा पाए,’ शाहीले भने, ‘खेलाडी, पदाधिकारीका रुपमा झण्डै ४० वर्षदेखि फुटबलमा छु । आज जस्तो अपमान कहिल्यै महसुस गर्नु परेको थिएन । मेरो नाम काट्नु नै थियो भने मलाई पहिले नै जानकारी दिएको भए हुन्थ्यो नि । यसरी अपमानित गर्दा उहाँहरुले के पाउनुभयो ।’

नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभागको संयोजकबाट हटाउन आफूहरुले गरेको प्रयासदेखिै पूर्वाहग्रह लिएको र त्यसैको रिसिबी साधेको हुन सक्ने आशंका गर्दै पूर्व अन्तर्राष्ट्रिय खेलाडी शाहीले भने, ‘मलाई जस्तो अपमान शत्रुलाई पनि नहोस् । उहाँहरुलाई पनि यस्तो अपमान नहोस् । उहाँहरुलाई कति सहयोग गरियो त्यसको लेखाजोखा छैन । यो त काखमा राखेर छुरा रोप्ने काम भएको छ । विदेश जानु ठूलो होइन । यसरी गुमराहमा राख्नु अपमान हो । ‘

आफूमाथि भएको धोकाका बारेमा केन्द्रिय कार्यसमितिमा उठाउने शाहीले बताएका छन् । असार ६ गते भएको एन्फा कार्यसमितिको निर्वाचनमा नेम्बाङकै प्यानलबबाट शाही उपाध्यक्षमा निर्वाचित भएका थिए । एन्फाका प्रवक्ता सरेश शाहलाई शाहीको नाम कसरी हट्यो भन्नेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

उपाध्यक्ष शाहीले फेसबुकमा यस्तो लेखेका छन् ।

करिब ४० बर्ष इमान्दारी‌ पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो।

त्यसको लागि एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।

फुटबलसग आबद्ध भएका सबै साथीहरूको जानकारीको लागि।

फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो।

जस अनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरे।

फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए।

आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए।

Checking काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ।

हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन।

घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने।?

वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिन होला।

अर्को पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब भएतापनि टिम र अध्यक्षलाइ अप्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष म भन्दा जुनियर भएतापनि उपाध्यक्ष मा लडेर गरेको बलिदानको बापतमा‌ जीवनमै सबैभन्दा‌ ठूलो अपमानित भए।

एन्फा अध्यक्ष ज्यू

एन्फा तपाईको व्यक्तिगत कम्पनी र बिर्ता होइन।

मलाई फिफा कंग्रेसमा लगेर तपाईले गर्नुभएका सबै अबैधानिक र अनियमितताको कार्यहरु आखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला।

मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ।

फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफूलाई गर्व महसुस गर्दछु।

विराट शाहा लाइ विदेश लगेर पनि

तपाईंले गरेका अबैधानिक र अनियमितताको आखा चिम्लिएर हो मा हो मिलाउने म परिन।

मेरो नाम काटेर कुन व्यक्ति जानु भएको छ मलाई जानकारी छैन।

जो जानु भएको छ उहाले भविष्यमा‌ कस्तो भूमिका खेल्नु हुन्छ प्रतिक्षाको विषय रहेको छ।

जुन अपमान आज मैले भोग्नुपरेको छ। जब अन्य साथीहरुले पनि ढिलोचाडो यस्तै अपमान सहनु पर्यो भने थाहा हुन्छ। अहिले मैले कस्तो पीडा भोगिरहेको छु भनेर।

के कति कारणले मेरो नाम काटियो यसको जवाफ अध्यक्षले‌ कार्यसमितिको बैठकमा र साधारण‌ सभामा जवाफ दिनुपर्नेछ।

अध्यक्ष को यो ‌ निर्णयले आज के प्रष्ट भयो भने‌ जतिसुकै अवैधानिक कार्यको समर्थन गर्ने वा अवैधानिक कार्यको बिरोध गर्दा मैले जस्तै अपमान सहनु पर्ने हुन्छ ।

अन्तमा फुटबलसग आबद्ध सबैसग के अनुरोध गर्न चाहन्छु भने विदेश जानु ठूलो कुरा होइन।

जुन तरिकाले म अपमानित भएको छु अन्य साथीहरूले यस किसिमको अपमानित हुनु नपरोस।

यस्ता किसिमको गलत कार्यको हरेक तहबाट सबैको सहयोग र सदभावको आशा राखेको छु।

जय भकुण्डो जय नेपाली फुटबल

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.