3 years ago
March 15, 2023
एजेन्सी – मोरक्को फुटबल फेडेरेसनले सन् २०३० को फिफा विश्वकप आयोजना गर्न स्पेन र पोर्चुगलसँग सामेल भएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेको युक्रेनले अक्टोबरमै स्पेन र पोर्चुगलको दावीमा सामले भको थियो । फिफा कंग्रेसमा मोरक्कोले पनि दावी पेश गरेपछि युक्रेनको भूमिका के हुन्छ भन्ने स्पष्ट भएको छैन । युक्रेन फुटबल एसोसिएसनले त्यहाँको युद्ध र प्रशासनिक मुद्दाहरूको कारण विश्वकप आयोजनाको दावीबाट हात झिक्ने आँकलन गरिएको छ ।
मोरक्कोले गत वर्ष नोभेम्व र डिसेम्वरमा कतारमा भएको फिफा विश्वकप कतार २०२२ मा अविश्वसनीय प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । सेमिफाइनलमा फ्रान्ससँग तथा तेस्रो स्थानको लागि क्रोएसियासँग पराजित भएको थियो ।
‘म यो घोषणा गर्न चाहन्छु कि मोरक्को राज्यले स्पेन र पोर्चुगलसँग मिलेर २०३० को विश्वकप आयोजना गर्ने संयुक्त प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ ।’ मोरक्कोका राजा मोहम्मद छैटौंले खेलकुद मन्त्री चाकिब बेनमोसाले लेखेको पत्रमा उल्लेख छ । ‘यो संयुक्त दावी फुटबल इतिहासमा अभूतपूर्व छ, अफ्रिका र युरोप, उत्तरी र दक्षिणी भूमध्यसागर र अफ्रिकी, अरब र यूरो–भूमध्यसागर संसारलाई एकसाथ ल्याउनेछ ।’

यसले हामी सबैमा उत्कृष्ट पनि ल्याउनेछ मोरक्को सन् २०१० को विश्वकप आयोजना गर्ने दौडमा दक्षिण अफ्रिकासँग पछि परेको थियो । अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले पनि २०३० को विश्वकप आयोजना गर्न संयुक्त प्रस्ताव पेश गरिसकेको छ ।
सन् १९३० मा उरुग्वेबाटै विश्वकप आयोजना भएकाले विश्वकपको १ सय वर्ष दक्षिण अमेरिकामै हुनुपर्ने ति चार राष्ट्रको माग छ । फिफाले यस विश्वकप आयोजनाको घोषणा सन् २०२४ मा गर्ने जनाएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]