default_image

3 years ago

March 16, 2023

बेन्जेमाको गोलमा रियल म्याड्रिडको जित

284 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको गोलसँगै स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दुवै लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

रियलले दोस्रो लेगमा १–० को तथा समग्रमा ६–२ को फराकिलो जितसँगै अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा २–० ले पछि पर्नुका बावजुत रियलले ५–२ को सानदार जित दर्ता गरेको थियो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धातमक र रोमाञ्चक खेलमा रियलको जितमा दोस्रो हाफमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । उनले ७८औं मिनेटमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

लिभरपुलले पनि घरेलु टोलीविरुद्ध गोलको अवसर सिजैना गरेपनि फिनिसिङको नमुना देखाउन सकेन । सातौ मिनेटमा मोहम्मद सलाहको पासमा डार्विन नुनेजको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

१४औं मिनेटमा भिनिसियसको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले विफल पारे । २०औं मिनेटमा एडुआर्डाे कामाभिंगाको झन्डै २५ यार्ड टाढाको प्रहार क्रसबारमा लागेर बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा लुका मोड्रिचको प्रहार सदुपयोग हुन सकेन । ७८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

इन्ज्युरी समयमा रियलले पेनाल्टीको अपिल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । कोन्सटानटिनोस टिसिमिकासले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै रियलले अपिल गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.