3 years ago
March 18, 2023
एजेन्सी – झन्डै एक वर्षपछि स्वीडेन फुटबल फेडेरेसनले भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई टोलीमा समेटेको छ ।

स्वीडेनले ४१ वर्षीय फरवार्डलाई युरोकप छनोटका लागि टोलीमा समेटेको हो । स्वीडेनले यसै महिना (मार्च) को अन्त्यमा बेल्जियम र अजरबैजानसँग खेल्दैछ ।
घुँडाको चोटका कारण इटालियन क्लब एसी मिलानका फरवार्ड सिजनको अधिकांश समय मैदान बाहिर छन् । तर, उनी पछिल्लो समय टोलीमा फर्कदै खेलिरहेका छन् ।
यस सिजन एसी मिलानका लागि बेन्चबाट तीन पटक खेलिसकेका इब्राहिमोभिच पछिल्लो पटक सन् २०२२ मा विश्वकप छनोट प्लेअफमा पोल्याण्डसँग पराजित भएको खेल खेलेका थिए ।
सन् २०१६ को युरोकप पछि अन्तर्राष्ट्रिय फुटबल छाडेका ज्लाटन सन् २०२१ मा विश्वकप छनोट दौरान नै टोलीमा फर्किएका थिए । स्वीडेनका प्रशिक्षक जेन एन्डरसनले इब्राहिमोभिच ‘स्टार्टर’ को रूपमा नरहेपनि उनी ‘प्रतिस्थापन सम्भावना’ रहेको बताएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका पूर्व फरवार्ड ज्लाटनले स्वीडेनका लागि १२१ खेलमा ६२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी स्वीडेनका सर्वकालीन शीर्ष गोलकर्ता समेत हुन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]