default_image

3 years ago

March 18, 2023

राम्से वेल्सको कप्तान

314 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर आरोन राम्से वेल्सको कप्तान चयन भएका छन् । वेल्सका मुख्य प्रशिक्षक रोब पेजले राम्सेलाई कप्तान नियुक्त गरेको हो ।

यस्तै बेन डेभिसलाई उपकप्तानको जिम्मेवारी प्रदान गरेको छ । सन् २००८ देखि वेल्सको टोलीमा रहेका राम्सेले ७८ क्याप जित्दा २० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

राम्सेले नियमित कप्तान ग्यारेथ बेलको अनुपस्थितिमा वेल्सको कप्तानी गरिसकेका छन् । सर्वाधिक गोलकर्ता तथा कप्तान ग्यारेथ बेलले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि वेल्स कप्तान विहीन बनेको थियो ।

अब राम्सेको कप्तानीमा वेल्सले युरोकप २०२४ को छनोट खेल खेल्नेछ । छनोट अन्तर्गत वेल्सले यसै महिना क्रोएसिया र लात्भियासँग खेल्दैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.