9 years ago
January 1, 2017
सिलगुढी (एजेन्सी)– पहिलो पटक महिला साफ च्याम्पियनसिपमा नेपाल र भारतमध्ये एउटा टोलीले मात्र फाइनल खेल्नेछ । भारतको सिलगुढीमा जारी च्याम्पियनसिपमा अर्को तिर फाइनलको प्रतिद्वन्द्वि बंगलादेश र माल्दिभ्समध्ये हुनेछ । यसअघिका तीनै संस्करणमा फाइनल खेलेका नेपाल र भारत यसपटक एक कदमअघि नै भेट्दैछन् ।

साफ च्याम्पिनसिपमा मात्र होइन दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल र भारतबीच मात्र प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक बंगलादेशसँगको गोलरहित बराबरीका कारण भारत समूहको उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न बाध्य भयो । जसका कारण अर्को समूहको विजेता नेपाल र भारतबीच सेमिफाइनलमा नै भेट्दैछन् ।
नेपाल र भारत १० महिला अघि १२ औं सागको फाइनलमा भेट भएको थियो । त्यो नतिजा नेपालका लागि भने विर्सनलायक रह्यो । भारत ४–० ले विजयी भएको थियो । तर भारती टोलीका मुख्य प्रशिक्षक साजिद दार पछिल्लो नतिजालाई लिएर अहिलेको नतिजा अनुमान गर्न तयार छैनन् । उनको नजरमा यसपटक नेपाल निकै तयारीका साथ सिलगुढी पुगेको छ ।
बंगलादेशविरुद्धको समूह चरणको अन्तिम खेलका लागि गोलका लागि निकै तडपिएको भारतका प्रशिक्षक नेपाल निकै फरक रुपमा यसपटक प्रस्तुत भएको मान्छन् । दी एआइएफएफलाई दिएको अन्तवार्तामा नेपाललाई बाँकी टोलीभन्दा एकदम अगाडि मानेका छन् ।
‘नेपाल निकै बलियो टोली हो । हरेक च्याम्पिनसिपमा उनीले दाबेदारी प्रस्तु गर्दै आएका छन्’ उनले भने ‘यसपटक उनीहरु अझै राम्रो तयारीका साथ आएका छन् । पछिल्लो दुई महिना उनीहरुले तयारीमा विताएका छन् । लामो समयदेखि सँगै अभ्यास गर्दा टोली चुस्त बन्नेछ । मलेसियासँगको मैत्रीपूर्ण खेलले उनीहरु थप अनुभवी बनेका छन् ।’
नेपालविरुद्ध भारतको सफल इतिहास भएपनि सधै त्यहि नतिजा दोहोरिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जनाउँदै दारले भनेका छन्,‘यो नयाँ च्याम्पियनसिप हो र यहाँ सबै चिज फरक छन् । तथापी, इतिहासले हामी अझै पनि गर्न सक्छौ भन्ने मनोबल दिन्छ । ’

जारी च्याम्पियनसिपका दौरान नेपालले गरेको प्रदर्शनका आधारमा यसपटक थप मजबुद भए टोली सिलगुढी पुगेको उनको ठम्माई । दारले थपे ‘ लिग चरणका खेललाई हेर्ने हो भने यसपटक उनीहरु फरक योजनाका साथ आएका छन् ।’ नेपालले समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशसँगको बराबरीले टोली स्तब्ध नभएको उल्लेख गर्दै दारले फुटबलमा अप्रत्यासित नतिजा आउनुलाई स्वभाविक मानेका छन् ।
अप्रत्यासित नतिजाले टोलीलाई आउने खेलमा सफलता प्राप्त गर्न प्रेरित गर्ने उनको बुझाई छ । बंगलादेशले पुरा खेल रक्षात्मक खेलको स्मरण गर्दै उनले आफ्नो टोलीले गोलका लागि केही राम्रो मौका पाएको बताए । ‘हाम्रो दुईवटा प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसबाट पनि थाहा हुन्छ खेलमा हामी कति हावी छौं भन्ने’ दारले भने, ‘अभ्इासमा पनि हामीले फिनिसिङमा बढी ध्यान दिएका छौं । यद्दपी हामीले सुधार गर्न आवश्यक छ । ’
नेपालसँगको सेमिफाइनलका लागि आफ्नो टोली रहेको जनाउँदै दारले भने ‘हामीले भन्दा नेपालले एक दिन बढी आरामको मौका पाएको थियो । तर पनि हामी आफ्नो उत्कृष्ट दिन तयार छौं । योजना अनुरुप प्रदर्शन गर्नेमा हामी प्रतिबद्ध छौं । नेपालसँगको खेल हाम्रा लागि फाइनल सरह हुनेछ ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]