default_image

3 years ago

March 17, 2023

आर्सनल युरोपा लिगबाट बाहिरियो

708 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदै आर्सनल अन्तिम १६ बाटै बाहिरिएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डाे स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गर्दा गाब्रिएल मार्टिनेलीले गोल गर्न सकेनन् ।

त्यसअघि खेलको १९औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले गाब्रिएल मार्टिनेलीको पासमा गोल गर्न सफल भएका थिए ।

६२औं मिनेटमा पेड्रो गोन्कालभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११८औं मिनेटमा स्पोर्टिङ १० खेलाडीमा समेटिन पुग्यो । म्यानुएल युगार्टे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.