3 years ago
March 19, 2023
एजेन्सी – साउदी प्रो लिगमा अल नासरले पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर अल नासरले अभामाथि २–१ को पूनरागमन जित निकालेको हो ।

एमआरसुल पार्क रियादमा शनिबार राति भएको खेलमा अल नासरको पूनरागमन जितमा क्रिस्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले गोल गरे । अभाका अब्देल फटाह एडामको गोल सान्त्वना बन्यो ।
खेलको २६औं मिनेटमा अब्देलको गोलबाट अल नासर पछि परेको थियो । एक गोलले पछि परेको अल नासरले त्यसपछि पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो ।
७८औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिकलाई अभाका गोलरक्षकले ठम्याएपनि डाइभ गर्न ढिला गरे ।
८०औं मिनेटमा अभा १० खेलाडीमा समेटिन पुग्यो । जाकारिया अल सुडानी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८६औं मिनेटमा एन्डरसन टालिस्काले पेनाल्टीमा गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जित दिलाए । पेनाल्टी बक्समा अब्देल एडामले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गर्द टालिस्का चुकेनन् ।
यस जितसँगै अल नासरले शीर्षस्थानको अल इतिहादसँगको अंक दुरी १ मै छोट्याएको छ । दोस्रो स्थानमा रहेको अल नासरको २१ खेलबाट ४९ अंक छ । समान खेलबाटै इतिहादको ५० अंक छ । पराजित अभा २३ अंक जोडेर १२औं स्थानमा छ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]