3 years ago
March 20, 2023
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी फुलहमलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

९ खेलाडीमा समेटिएको फुलहममाथि ३–१ को पूनरागमन जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा मार्सेल सवित्जरले एक गोल थपे । फुलहमका एलेक्सान्डर मित्रोभिचको गोल सान्त्वना बन्यो ।
ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो । ५०औं मिनेटमा मित्रोभिचले गोल गर्दै फुलहमलाई १–० को अग्रता दिलाए ।
७२औं मिनेटमा फुलहम ९ खेलाडीमा समेटिन पुगेपछि युनाइटेडले नाटकीय पूनरागमन गर्न सफल भयो । विलियम र मित्रोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फुलहमले खेल पनि गुमाउन पुग्यो ।

७५औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा मार्सेल सवित्जरले लुका साको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए ।
युनाइटेडको जितसँगै एफए कपको सेमिफाइनल समिकराण पूरा भएको छ । यसअघि म्यानचेस्टर सिटी, ब्राइटन र सेफिल्ड युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।
अब सेमिफाइनलमा ब्राइटन र म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटी र सेफिल्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल २२ अप्रिलमा तथा फाइनल ३ जुनमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]