3 years ago
March 20, 2023
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा पराजित भएको छ । बायर्न घरेलु टोली बायर लिभरकुसनसँग २–१ ले पराजित भएको हो ।

बायर लिभरकुसेनको जितमा दुवै गोल एक्सिक्यल पालासिओसले गरे । बायर्नका योसुवा किम्मिखको गोल सान्त्वना बन्यो । बे एरिना लिभरकुसेनमा आइतबार राति भएको खेलको २६औं मिनेटमा योसुवा किम्मिखको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो ।
उनले लियोन गोरेट्जाको पासमा गोल गर्न सफल भएका थिए । तर, बायर्नले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।५५औं मिनेटमा पालासिओसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
एमिन एडीलिलाई पेनाल्टी बक्समा बेन्जामिन पाभार्डले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा पालासिओस चुकेनन् ।
७३औं मिनेटमा पालासिओसले पेनाल्टीमै गोल गर्दै बायर्नलाई २–१ को हार चखाए । यसपटक पनि एमिनलाई डेअट उपमेकानोले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरकुसनलाई पेनाल्टी प्रदान गर्दा पालासिओस चुकेनन् ।
बुन्डेस लिगमा बायर्नको यो तेस्रो हार हो । यसअघि बायर्न अग्सवर्ग र बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको थियो । यस हारले बायर्नले शीर्षस्थानमा उक्लने मौका समेत गुमाएको छ । बायर्न २५ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।
समान खेलबाटै बोरुसिया डर्टमुन्ड ५३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बायर्नलाई हराएको बायर लिभरकुसन ३७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]