3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि नेपालमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् ।

भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् । भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि लाओसको टोली सोमबार नै नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।
प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ ।
नेपालले ८ चैतमा लाओससँग खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको सुरुवात गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । फिफाले दुई म्याच डेका खेललाई मात्रै आफ्नो क्यालेन्डरमा समावेश गरेकाले फाइनल खेल फिफाको क्यालेन्डरमा नहुने एन्फाले जनाएको छ ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा खेल्नेछ । तर, एन्फाले प्रधानमन्त्री थ्री नेसन्स कप आउन दुई दिन बाँकी रहँदासमेत टोली घोषणा गरेको छैन । प्रधानमन्त्री थ्री नेसन्स कपलाई सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]