3 years ago
March 21, 2023
एजेन्सी – डच क्लब पीएसभी इन्डहोभेनले युइएफए युरोपा लिग दौरान स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा एक समर्थकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको छ ।

२० वर्षीय युवाले फेब्रुअरीको अन्त्यमा राउन्ड अफ ३२ को प्लेअफको दोस्रो लेगको खेलको अन्त्यतिर गोलरक्षक दिमित्रोभिकको नजिक गएर उनलाई मुक्का हानेर लडाएका थिए । त्यसपछि गोलरक्षक दिमित्रोभिचले उक्त युवालाई मैदानमा सुताएर छुटेका थिए ।
उक्त खेलमा २–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसँगै सेभिया अन्तिम १६ मा पुग्न सफल भएको थियो । त्यसपछि सेभियाले प्रि–क्वाटरफाइनलमा टर्किस क्लब फेनरवाचलाई समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगिसकेको छ । ६ पटकको युरोपा लिग च्याम्पियन सेभियाले क्वाटरफाइनलमा इंग्लिस क्लबम्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।
गोलरक्षक दिमित्रोभिचलाई आक्रमण गर्ने ति युवा लाई यसअघि पनि राष्ट्रिय स्टेडियम प्रतिबन्ध लगाइएको थियो । उनले तीन महिनाको जेल सजाय भोगिसकेका थिए । उनी एक साथीको टिक प्रयोग गरेर उक्त खेल हेर्न पुगेको बताइएको छ ।
डच फुटबल संघले उनलाई सन् २०२६ सम्मको लागि राष्ट्रिय स्टेडियममा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
उनलाई पिएसभीको फिलिप्स स्टेडियम वरपरको क्षेत्रबाट पनि दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो । डच क्लबले पनि उनीबाट आर्थिक क्षतिपूर्ति गर्न खोज्ने बताएको छ । युइएफएले उक्त घट्नापछि ति युवाविरुद्ध अनुशासनात्मक मुद्दा खोलेपछि पिएभीले उनलाई भारी जरिवाना लगाउन सक्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]