default_image

3 years ago

March 21, 2023

तिलोत्तमा गोल्डकप – मनाङसँग पुलिसको हार

233 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको ४ पटकको विजेता नेपाल पुलिस क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा मात्र एक अंक जोडेको पुलिस मंगलबार मनाङ मस्र्याङ्दी क्लबसँग २–१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो ।

फाइनल तस्बिर

मनाङ पहिलो हाफमै प्रसन्न श्रेष्ठ र चेतन थारुको गोलबाट अग्रता लिएको थियो । पुलिसका लागि बुद्ध तामाङले गोल गरे । ३२ औं मिनेटमा प्रसन्नले उत्कृष्ट फिनिसिङका साथ मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा चेतनले गर्दै अग्रतालाई दोब्बर पारे ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको पुलिसका लागि ६२ औं मिनेटमा गोल गर्दै अन्तरलाई घटाएका थिए । मनाङका चेतन खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । मनाङले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।
पहिलो सेमिफाइनलमा थ्री स्टार र सुदूरपश्चिम ११ भिड्दै

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार सुदूरपश्चिम ११ र थ्री स्टार क्लबको सामना गर्नेछ । सुदूरपश्चिमले आयोजक करेन्ट रुपन्देही ११ लाई र थ्री स्टारले अर्को ए डिभिजन टोली हिमालयन शेर्पालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।
सुदूरपश्चिम ११ पहिलो पटक प्रतियोगिताको फाइनल पुग्ने प्रयासमा हुँदा थ्री स्टार ५ वर्षपछि फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.