default_image

3 years ago

March 22, 2023

को हुन् फुटबल टोलीमा परेका ६ नयाँ खेलाडी?

563 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् ।

एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै उनले टोली छनोट गरेका हुन् । मनाङ मर्स्याङ्दी क्लबका सुमित श्रेष्ठ, एपिएफ फुटबल क्लबका मणि लामा र सनिश श्रेष्ठ, एफसी खुलमटारका पदम भट्टराई, सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

सुमित श्रेष्ठ – मनाङ मर्स्याङ्दी

फुटसलबाट राष्ट्रिय खेल जगतमा आफूलाई स्थापित गरेका सुमितले छोटो समयमा नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । स्पोर्ट्स कासलबाट फुटसल लिगको उपाधि जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी फुटबलमा विभिन्न पोजिसनमा खेल्ने गर्छन् । राष्ट्रिय यू-२० टोलीमा लेफ्ट ब्याक भूमिकामा खेल्ने उनी मनाङका लागि भने मिडफिल्डमा देखिएका छन् ।

मनाङका प्रशिक्षक किरण श्रेष्ठले सुमितको फरक पोजिसन खेल्ने क्षमताले खेलको अवस्था अनुसार रणनीति बदल्न निकै सहज हुने बताएका थिए । बायाँ खुट्टा बढी चलाउने सुमित विंगरको भूमिका पनि निर्वाह गर्न सक्छन् । प्राविधिक रुपमा निपुण उनी राष्ट्रिय टोलीमा लेफ्ट विंगमा देखिने सम्भावना छ ।

सनिश श्रेष्ठ – एपिएफ

फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेल्दै प्रभाव जमाएपछि एपीएफ पुगेका सनिश यसपटक लिगका उत्कृष्ट खेलाडीमा पर्छन् । एपिएफको लागि राइट ब्याक पोजिसनमा खेल्ने उनी आवश्यक पर्दा सेन्टर डिफेन्स पनि खेल्छन् । विदेशी डिफेन्डर अडामा डुम्बिया रातो कार्डका कारण निलम्बनमा पर्दा सनिशले नै डिफेन्स सम्हाले । अग्ला कदका सनिश विपक्षी आक्रमण रोक्न खप्पिस छन् र डेब्युको संघारमा छन् ।

मणि लामा – एपिएफ

फुटसलको राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका मणिले एपिएफ हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेका छन् । सेन्टर मिडफिल्डमा खेल्ने उनी आक्रमणमा बढी आवद्ध देखिन्छन् । बक्स टु बक्स भूमिका निर्वाह गर्दै आएका उनले दर्शनीय गोल पनि गरेका छन् । पछिल्लो समय प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफमा उनलाई आक्रमणमा थप खुला भएर खेल्न दिएका छन् । दशरथ रंगशालामा उनको नजर डेब्यु क्यापमा हुनेछ ।

अभिषेक बराल – सातदोबाटो

थ्री स्टारको यू-१८ टोलीबाट आफ्नो करिअर सुरु गरेका अभिषेक आफ्नो ए डिभिजन करिअरको सुरुवातमा पनि थ्री स्टारकै सिनियर टोलीको बेन्चमा रहे । मेघराज केसीले पाटने क्लब छाडेर सातदोबाटो जाँदा गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर र अभिषेकलाई सँगै लग्नुले पनि अभिषेक लामो रेसको घोडा रहेको संकेत दिएको थियो ।

गत सिजन लिगमा सातदोबाटोको प्रदर्शनमा निर्णायक बनेका अभिषेकले यस सिजन पनि सोहि लयलाई निरन्तरता दिएका छन् । अग्लो कद र उत्कृष्ट सट स्टपरसँगै अभिषेकको बल वितरणको खुब प्रशंसा हुने गरेको छ । उनले पटक पटक काउन्टर अट्याकमा असिस्ट दिनुले पनि त्यसलाई प्रमाणित गर्छ ।

दीपक राज सिंह ठकुरी – सातदोबाटो

मोफसलको प्रतियोगितामा छाएका बाँकेका फरवार्डले यस सिजन सानदार सुरुवात गरेका छन् । उनले घरेलु फुटबलमा भने सुदूरपश्चिमबाट खेल्दै छाप बसाए । विगतमा सोचेजस्तो अवसर नपाएका उनी यस सिजन भने प्रशिक्षक सनोज श्रेष्ठको विश्वासमा खरो उत्रिएका छन् । तीव्र गतिले विपक्षीको डिफेन्सलाई समस्या दिने उनले ४ गोल गर्दै सातदोबाटोलाई लिगको अग्र स्थानमा पुर्याएका छन् । आफ्नो करिअरको उच्च विन्दुमा रहेका उनी राष्ट्रिय टोलीमा यो लय निरन्तरता दिने सोचमा हुनेछन् ।

पदम भट्टराई – खुमलटार

उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका पदम चोटका कारण लामो समय मैदानबाहिर रहे । चोटबाट पूर्ण रुपमा पुनरागमन गर्दै खुमलटारको डिफेन्स सम्हालेका पदम प्रशिक्षकको नजरमा परेका हुन् । एन्फा एकेडेमीका उत्पादन पदम शारीरिक रुपमा निपुण छन् । एन्फा एकेडेमीकै खेलाडीको बाक्लो उपस्थिति रहेको खुमलटारमा उनलाई खेल्न केहि सहज भएको छ ।

यस्तो छ पूर्ण टोली :

अन्तिम २३ सदस्यीय टोलीमा सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा अंक तालिकाको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट सर्वाधिक ४ खेलाडी समावेश गरिएको छ । अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ, आर्मी र संकटा क्लबबाट समान ३, शीर्षस्थानमा रहेको सातदोबाटो बाट २ तथा जावलाखेल युथ क्लब, खुमलटार र मछिन्द्र एफसीबाट समान १ खेलाडी राष्ट्रिय टोलीमा परेका छन् ।

लिगका अन्य टोली थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पाबाट भने राष्ट्रिय टोलीमा कोहि परेका छैनन् । भारतको राउन्ड ग्लास पन्जाबबाट खेल्दै आएका किरण चेम्जोङ र इन्डोनेसियाको प्रेसिक केडेरीका रोहित चन्द टोलीमा समावेश छन् ।

थ्री नेसन्सको उद्घाटन खेलमा नेपाल र लाओस भिड्द चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

राष्ट्रिय फुटबल टोली:

गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)

डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)

मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)

फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.