default_image

3 years ago

March 22, 2023

एमबाप्पे फ्रान्सको कप्तान

399 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

नियमित गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको स्थानमा एमबाप्पेलाई जिम्मेवारी प्रदान गरेको हो ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ क्याप जित्दा ३६ अन्तर्राष्ट्रिक्ष् गोल गरिसकेका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले फ्रान्सेली टिभी च्यानल टीएफ वानलाई आइतवार प्रसारण हुने अन्तर्वार्तामा एमबाप्पेले कप्तानी जिम्मेवारी पाउन योग्य रहेको बताएका छन् ।

फ्रान्सेली फुटबल महासंघ (एफएफएफले मंगलबार सामाजिक सञ्जालमा डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तान र एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उपकप्तानमा नियुक्त गरेको पुष्टि गरेको छ ।

एम्बाप्पे गत वर्षको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । कतारमा गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपमा कुल ८ गोल गरेका थिए । उनले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न मद्दत गरेका थिए, जहाँ फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो ।

सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका एमबाप्पे त्यसबेला उत्कृष्ट युवा खेलाडी बनेका थिए । युरो २०२४ क्वालिफायरको समूह ‘बी’ रहेको फ्रान्सले शुक्रबार राति घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि सोमबार राति आयरल्यान्डसँग खेल्ने तालिका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.