3 years ago
March 22, 2023
दिपक न्यौपाने, बुटवल
सुदूरपश्चिम ११ स्पोर्टस क्लब पहिलो पटक तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनलमा बुधबार ए डिभिजन टोली थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै सुदूरपश्चिम ११ उपाधि नजिक पुगेका छन् ।

फागुराम थारुले गरेको गोल खेलको निर्णायक बन्यो । फागुरामले ८७ औं मिनेटमा दर्शनिय गोल गरेका थिए । पहिलो हाफमा सुदूरपश्चिमले गोलका लागि मौका सृजना गर्न सकेन । थ्री स्टारका अजय मार्टिन्सले गरेको केहि प्रहार भने सफल भएन । सुदूरपश्चिमका विष्णु चौधरी म्यान अफ म्याच घोषित भएर उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
सुदुरपश्चिम ११ का प्रशिक्षक अनिल कठायतले प्राप्त एउटा मौकालाई सदुपयोग गर्न सक्दा थ्री स्टार जस्तो ठूलो टोलीलाई हराउन सकेको बताए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफुहरुको ध्यान मोफसलका गोल्डकप भन्दा लिगमा ध्यान दिएको र खेलाडीमा इन्जुरीको समस्या रहेको बताए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा दुई ए डिभिजन टोली फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौका बिचमा प्रस्तिपर्धा हुनेछ । तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]